काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
सङ्घी संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने जानकारी दिएको छ ।
यसअघि मङ्गलबारको बैठकमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक त्यसपछि बस्दै नबसी आजसम्मका लागि स्थगित भएको थियो ।
सबै विपक्षी दलहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडानमा रहेकाले आजको बैठक सुचारु हुनेबारे अन्योल नै छ ।
मङ्गलबार सभामुख देवराज घिमिरेले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेप नि उनीहरूले गृहमन्त्रीको राजीनामाको अडान छाडेका छैनन् । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि बिहीबार सार्वजनिक हुनुपर्ने बजेटबारे पनि अन्योलता बढेको छ ।
FACEBOOK COMMENTS