काठमाडौं । दुई घण्टा ढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
आज बिहान ११ बजे सुरु हुने भनिएको बैठक सहमति जुट्न नसक्दा ढिला गरी दिउँसो १ बजे सुरु भएको थियो । तर, विपक्षी दलहरूले हिजोकै जस्तो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।
बैठक सुरु हुनुअघि सहमति खाेजिए पनि प्रयास विफल हुन पुग्याे ।
FACEBOOK COMMENTS