काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश दिएको हो ।
आफूलाई पक्राउ गर्न जारी भएको पुर्जीविरुद्ध पाठकले दायर गरेको रिटमा अदालतले कानून बमोजिमबाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।
न्यायाधीश ऋषिराज भडारीले दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाएका छन् । यस आदेशका आधारमा अब कम्तिमा असार ५ गतेसम्म पाठकलाई प्रहरीले पक्राउ गर्ने छैन ।
FACEBOOK COMMENTS