काठमाडौ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आज गृहमन्त्री रमेश लेखकसँग छलफल हुने भएको छ ।
आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने वार्ताटोलीका सदस्य सरस्वता सिङ्गक९सरु० ले जानकारी गराए ।
यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।
“आइतबारको वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।
वार्तापछि गृह मन्त्रालयले आइतबार राति एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS