काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्योपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था हटाएको छ ।
सरकारले गत फागुन २३ गतेदेखि नै यस्तो निर्णय गरिसकेको मन्त्रालयले जनाएको छ । अब स्वास्थ्य संस्था जाँदा खोप कार्ड भने अनिवार्यरूपमा लैजानुपर्ने मन्त्रालयको भनाइ छ ।
‘यदि तपाईंले पूर्ण मात्रा खोप लगाइसक्नुभएको छ र कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण देखिएको छैन भने उपचारका लागि स्वास्थ्य संस्था वा अस्पताल जाँदा पीसीआर परीक्षण गराउनु पर्दैन,’ मन्त्रालयले भनेको छ ।
FACEBOOK COMMENTS