काठमाडौँ । यस बर्षको बेलुन डो अर अवार्डका लागि मनोनित खेलाडीको सूची सार्बजनिक गरिएको छ ।
फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने बेलुन डो अर अवार्ड विश्व फुटबलमै प्रतिष्ठित अवार्ड मानिन्छ । बेलुन डो अर कमिटीले विश्वका ३० उत्कृष्ट खेलाडीको सूची सार्बजनिक गरेको छ ।
अब यी ३० खेलाडीबाट उत्कृष्ट खेलाडीको छनौट गरिने छ । फ्रेन्च फुटबलले पत्रकार सहित बनाएको ३० जनाको जुरी प्यानल, फिफाको १०० सम्मका वरियता देशका एक एक जना खेल पत्रकारहरुले मतदान गरेर उत्कृष्ट खेलाडी छनौट गरिन्छ ।
बेलुन डो अरको मनोनयनमा परेका खेलाडीहरुमा उसमान डेम्बेले (पीएसजी र फ्रान्स), जियानलुइगी डोनारुम्मा (पिएसजी र इटाली), जुड बेलिङ्घम (रियल म्याड्रिड र इङ्ल्यान्ड), डिजायर डु (पिएसजी र फ्रान्स), डेनजेल डम्फ्रिज (इन्टर मिलान र नेदरल्याण्ड्स), सेरहाउ गुइरासी (बोरुसिया डर्टमुन्ड र गिनी), इर्लिंग हलाण्ड (म्यान सिटी र नर्वे), भिक्टर ग्योकेरेस (आर्सनल र स्वीडेन),
अचराफ हाकिमी (पीएसजी र मोरक्को), ह्यारी केन (बायर्न म्युनिख र इंग्ल्याण्ड), ख्विचा क्वारत्स्खेलिया (पिएसजी र जर्जिया), रोबर्ट लेवान्डोस्की (बार्सिलोना र पोल्याण्ड), एलेक्सिस म्याक एलिस्टर (लिभरपुल र अर्जेन्टिना), लाउटारो मार्टिनेज (इन्टर मिलान र अर्जेन्टिना) र स्कट म्याकटोमिने (नेपोली र स्कटल्याण्ड) रहेका छन् ।
त्यसैगरी केलियन एमबाप्पे (रियल म्याड्रिड र फ्रान्स), नुनो मेन्डेस (पीएसजी र पोर्चुगल), जोआओ नेभेस (पिएसजी र पोर्चुगल), पेड्रि (बार्सिलोना र स्पेन), कोल पाल्मर (चेल्सी र इंग्ल्याण्ड), माइकल ओलिसे (बायर्न म्युनिख र फ्रान्स), राफिन्हा (बार्सिलोना र ब्राजिल), डेक्लान राइस (आर्सनल र इङ्गल्याण्ड), फाबियन रुइज (पीएसजी र स्पेन), भर्जिल भान डाइक (लिभरपुल र नेदरल्याण्ड्स), भिनिसियस जूनियर (रियल म्याड्रिड र ब्राजिल),
मोहम्मद सलाह (लिभरपुल र इजिप्ट), फ्लोरियन विट्र्ज (लिभरपुल र जर्मनी), भिटिनहा (पिएसजी र पोर्चुगल) र लामिन यमल (बार्सिलोना र स्पेन) रहेका छन् । बेलुन डोअर अवार्ड आगामी सेप्टेम्बर २२ मा पेरिसमा आयोजित एक विशेष समरोहमा प्रदान गरिदैछ ।
FACEBOOK COMMENTS