शुक्रबार र शनिबार आयोजना भएको तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ कमलपोखरीस्थित सिटी सेन्टरमा सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेको सो एक्सपो महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीमार्फत सम्पन्न गरिएको हो । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना भएको एक्सपोमा फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत ६३ जना विद्यार्थीले आफ्नो कला र क्षमताको प्रदर्शन गरे । एक्सपो सम्पन्न भइसकेपछि कर्पोरेट खबरले आईआईएफटीका अध्यक्ष फुपू तेन्जिङ शेर्पासँग एक्सपोबारे छोटो कुराकानी गरेको थियो । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश–
दुई दिनसम्म चलेको तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्सपो २०२४’ सम्पन्न भइसकेको छ । खासगरी एक्सपोमा के–के भए ?
यो एक्सपोमा प्रदर्शनी गरिएका सबै डिजाइनहरूलाई प्रतिस्पर्धात्मकरूपमा अगाडि बढाएका थियौँ । यो एक्सपोमा ३८ जनाले थेसिस प्रिजेन्टेशन गर्नुभयो । आधारभूतरूपमा फरक–फरक किसिमका डिजाइनहरू प्रदर्शन गरिएका छन् । जस्तोः कसैले जिम, कसैले हस्पिटल र कसैले बिल्लाको डिजाइन प्रदर्शन गर्नुभएको छ । अर्को हाम्रो क्याफे डिजाइनअन्तर्गत २५ जनाले सहभागिता जनाउनुभयो । हाम्रो आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा ६ महिना पढिसक्नुभयो उहाँहरूले क्याफे डिजाइन प्रदर्शन गर्नुभएको हो । उहाँहरूले क्याफे र रेष्टुराँहरूका लागि आवश्यक पर्ने फरक–फरक किसिमका डिजाइनहरू प्रदर्शनमा राख्नुभएको थियो ।
यो एक्सपोमा सहभागी प्रदर्शनकर्ताहरू सबै आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका मात्रै हुनुहुन्थ्यो कि बाहिरका पनि ?
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत विद्यार्थी र उहाँहरूले बनाउनुभएका डिजाइनहरूमात्रै यहाँ प्रदर्शन गरिएका हुन् ।
यो तेस्रो एक्सपो भन्नुभयो । खासगरी कहिले–कहिले आयोजना गर्दै आउनुभएको छ ?
हामीसँग जसले इन्टेरियर डिजाइन पढ्नुहुहन्छ उहाँहरूले ६ महिना पार गर्नुभएपछि क्याफेसम्बन्धी डिजाइन गर्नुहुन्छ र शोकेश गर्नुहुन्छ । जो ग्राजुयट हुनुहुन्छ उहाँहरूले थेसिसकारूपमा आफ्ना डिजाइनहरूलाई प्रदर्शन गर्नुहुन्छ । हामीले हरेक ८ देखि १० महिनाको अन्तरालमा यो एक्सपो गर्दै आएका छौँ ।
आईआईएफटी कस्तो संस्था हो र यसले के–के गर्दै आएको छ ?
आईआईएटीको नामै काफी छ । हामीले फेसन र इन्टेरियर डिजाइनसम्बन्धी अध्यापन गराउँछौँ ।
जुन उद्देश्य राखेर एक्सपो आयोजना गर्नुभयो । यसले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न सक्यो कि सकेन ?
अवश्य पनि हाम्रो उद्देश्य र लक्ष्य यो एक्सपोले पूरा गरेको छ । ग्राजुयट हुनुहुने विद्यार्थीहरूले गर्नुभएको थेसिस प्रिजेन्टेशन अत्यन्तै राम्रो छ । ६ महिना पढेर जसले क्याफेको डिजाइन गर्नुभयो उहाँहरूको पनि एउटाको भन्दा अर्कोको धेरै राम्रा राम्रा (एक से एक) डिजाइनहरू छन् । हामी आयोजक त खुसी छौँ नै, जो हेर्न आउनुभएको भिजिटर्स हुनुहुन्छ उहाँहरूले पनि असाध्यै मन पराउनुभएको छ ।
तपाइँहरूका विद्यार्थीले प्रदर्शन गर्नुभएका कुनै पनि डिजाइनहरू भिजिटर्सलाई मन पर्यो र कार्यान्वयन गर्नुपर्यो भने कसरी लिनसक्छन् ?
प्रदर्शनीका क्रममा उहाँहरूबीच वान टू वान कुराकानी भएको छ । मलाई लाग्छ कतिपय प्रदर्शनकर्ता विद्यार्थीहरूले त बुकिङ समेत लिनुभएको छ । यसबाट उहाँहरूलाई ‘लर्निङ मै अर्निङ’को अवसर पनि प्राप्त भएको छ ।
थप कुरा केही छन् ?
यो हाम्रा विद्यार्थीहरूको क्षमता वृद्धि गर्नका लागि बनाइएको कार्यक्रम हो । त्यसैकारण यो इनहाउस इभेन्ट पनि हो । यद्यपि, यहाँ आएर जसले भिजिट गर्नुभयो, हाम्रा विद्यार्थीलाई हौसला प्रदान गर्नुभयो प्रमुख अतिथि र अतिथिहरूलगायत प्रायोजकहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
भिडिओ–
FACEBOOK COMMENTS