काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा निर्माण सम्झौता गर्ने चीनको ‘चाइना सीएएमसी’ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनीयरिङ कम्पनी लिमिटेडबीच २०१४ मा सम्झौता भएको थियो । सो सम्झौता अनुसार, सन् २०१६ मा नेपाल सरकार र चाइना एक्जिम बैंकले विमानस्थल निर्माण गर्न २१६ मिलियन अमेरिकी डलर ऋण स्वरूप दिने र चिनियाँ कम्पनी सीएएमसीले पोखरा विमानस्थललाई ‘टर्न की प्रोजेक्ट’ को रूपमा निर्माण गर्ने सहमति भएको थियो ।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
FACEBOOK COMMENTS