मुस्ताङ । पोखरा–जोमसोम हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण तीन महिनादेखि बन्द रहेको थियो ।
पोखरा–जोमसोम हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
यसअघि पोखरा—जोमसोम हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रअरी १ सम्म पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
हिउँदयामको अत्यधिक चिसो, सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा–जोमसोम हवाई उडान सेवा निजी वायुसेवा कम्पनीले जनाएअनुसार तोकिएको समयभन्दा केही ढिला गरी सञ्चालनमा ल्याइएको हो । यहाँ नियमित रूपमा उडान गर्दै आइरहेको तारा एयरलाइन्स कम्पनीले मार्च १ तारिखदेखि हवाई उडान सुचारु गर्ने जनाएपछि फागुन २१ गतेको निर्वाचनका कारण एक हप्ता ढिलो गरी सञ्चालनमा ल्याउन लागेको हो ।

यसैगरी यहाँ उडान भर्ने गरेको निजी वायुसेवा कम्पनीले पनि फेब्रअरी १ तारिखदेखि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा ल्याउने जनाएता पनि निर्वाचनको समय परेकाले एक महिना बढी ढिलो गरी सञ्चालनमा ल्याएको हो ।

मौसम प्रतिकूलता तथा पर्यटकीय अफसिजनका कारण उडान स्थगित भएको पोखरा९जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आइसकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार सोमबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सबै तयारी भइरहेकोमा खराब मौसमका कारण सोमबार र मङ्गलबार निजी वायुसेवा कम्पनीका टुइनेटर जहाजहरूले उडान भर्न सकेको छैन ।

तीन महिनापछि सोमबार तारा एयरको जहाज र मङ्गलबार तारा र समिट एयरलाइन्सको उडान तालिका रहेकोमा प्रतिकूल मौसमका कारण हवाई उडान हुन नसकेको नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ । मङ्गलबार पोखराबाट जोमसोमका लागि तारा एयरलाइन्सको दुई उडान र समिट एयरलाइन्सको तीन उडान तय भएकोमा मौसम प्रतिकूलताका कारण उडान रद्द हुन पुगेको बताए । मौसम खुलेमा पोखरा–जोमसोम हवाई सेवा नियमित हुने प्रमुख पोखरेलले उल्लेख गरे ।

FACEBOOK COMMENTS