काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वतः निष्कृय भएको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव पोखरेलले भण्डारीले लिएको सदस्यता स्वतस् निष्कृय भएको बताएका हुन् ।
महासचिव पोखरेलले एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्न निर्णय गरेसँगै सदस्यता निष्कृय भएको बताए । उनले राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेले निष्कर्ष निकालेको समेत बताए ।
पोखरेलले भने( ुसम्माननीय राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सम्पूर्ण प्रकारका राजनीतिक भुमिकाबाट अलग हुने व्यवस्था संविधानले गरेको छ । कुनै प्रकारको राजनीतिक नियुक्तिमा छ भने उसले राजीनामा दिएर जानुपर्छ ।’महासचिव पोखरेलले राष्ट्रपति सबै अंगहरूको साझा अभिभावक भएको बताए ।साथै उनले मिसन ०८४ को नेतृत्व अध्यक्ष ओलीले नै गर्नुपर्ने केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको राय रहेको समेत बताए ।
उनले भने( ुकेन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको धारणा के रह्यो भने मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । भन्ने रायले विधानलाई खण्डित गर्दैन । विधानले त हरेकलाई प्रतिष्पर्धाको अधिकार दिएकै छ । हामी विधानका परिप्रेक्ष्यमा हामी छलफल गर्दैछौँ । प्रतिष्पर्धालाई निषेध गरेका छैनौँ ।’
FACEBOOK COMMENTS