काठमाडौं । सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने भएको छ । २०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो ।
तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको हो ।
यसअघि उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो ।
यससँगै बैठकले सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयको अध्ययन गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।
उक्त कार्यदल सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा रहने प्रवक्ता पोखरेलले जानकारी दिए।
