काठमाडौँ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले गिरीले पेश गरेको एसएलसी सरहको अध्ययन गरेको प्रमाणपत्र भारतको बिहार स्कुल परीक्षा बोर्डको पेश गरेकोमा अनुसन्धानका क्रममा नक्कली पुष्टि भएको भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
उनले नक्कली प्रमाणपत्र पेश गरि २०५२ साल मंसी १६ मा नेपाल प्रहरीको नायब निरिक्षक (प्राविधिक) मा नियुक्त लिएर हाल वरिष्ठ उपरीक्षकमा बढुवा समेत लिएको भन्दै यसक्रममा सेवा सुबिधा लिएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको दाबि रहेको छ ।
FACEBOOK COMMENTS