काठमाडौं । सरकारले वर्तमान व्यवस्थाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने नीति लिएको छ ।
आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिएका हुन् ।
सरकारले नीति तथा कार्यक्रमको प्राथमिकताको पहिलो विषय नै यसलाई बनाएको हो ।
नीति तथा कार्यक्रमको प्राथमिकताको पहिलो बुँदामै भनिएको छ, ‘संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्क शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुनरुत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने ।’
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिहरूको रक्षा गर्न वर्तमान सरकार दृढ रहेको राष्ट्रपति पौडेलले बताए ।
‘समाजमा बेलाबेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थापकीय अफवाह फैलाई अराजकता सिर्जना गर्ने पक्षविरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिहरूको रक्षा गर्न यो सरकार दृढ छ,’ उनले भने ।
FACEBOOK COMMENTS