काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा निर्वाचनका विषयमा राजनीतिक दलसँग परामर्शको तयारी गरेको छ ।
यही असोज ३० गते छलफलका निम्ति दलहरूलाई बोलाउन लागिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
दलले तोकेका सम्पर्क व्यक्तिसँगको परामर्शमा नै बैठक बोलाउन लागिएको उनले बताए ।
“दलका तर्फबाट सम्पर्क व्यक्तिहरूको नाम दिनुभएको छ । उहाँसँग सल्लाह गरेर बैठक बोलाउन लागिएको हो,” उनले भने । बैठक बिहान साढे ११ बजेका निम्ति बोलाउने तयारी छ । निर्वाचनको निम्ति आयोगले गएको आइतबार
सार्वजनिक गरिसकेको छ ।
कार्यतालिका सार्वजनिक भइसक्दा पनि छलफल नगरिएकोमा राजनीतिक दलका नेताले असन्तुष्टि प्रकट गरिरहेका छन् । हप्ताको एकपटक वा महिनको दुईपटक निर्वाचनको विषयमा छलफल गर्छौं,” भण्डारीले भने ।
आज प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा सुरक्षा निकायसहित आयोगका पदाधिकारीसँग छलफल गर्दै छिन् ।
FACEBOOK COMMENTS