काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडका अध्यक्ष प्रवलजंग पाण्डेले सिटिजन्स बैंकको सहायक कम्पनी सीआईबीएल सेक्युरिटिजले आफ्नो छुट्टै पहिचान बनाउउने बताएका छन् ।
सीआईबीएल सेक्युरिटिजको आज शुभारम्भ गर्दै उनले सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्थाले नेपालको धितोपत्र बजारमा आफ्नो छुट्टै पहिचान खडा गर्ने बताएका हुन् । उनले संस्थाको पूर्ण सफलताको कामना समेत गरेका छन् ।
धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले सुरू गरिएको कम्पनीबाट अनुभवी कर्मचारीले छिटोछरितो र विश्वसनीय ढंगबाट आफ्नो सेवा प्रदान गरिने अध्यक्ष पाण्डेको भनाइ थियो ।
यस्तै, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरू माझ ल्याउने गप्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सिटिजन्स बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनलगायत उक्त सेक्युरिटिजका सञ्चालकहरू, कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।
सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज सञ्चालनमा
FACEBOOK COMMENTS