काठमाडौं । प्रभु बैंकले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले आफ्नो ३०८औँ शाखा तेह्रथुम र ३०९औँ शाखा धनकुटामा सञ्चालनमा ल्याएको हो ।
बैंकले दिएको जानकारी अनुसार तेह्रथुमको म्याङलुङ नगरपालिका–१ मा आफ्नो ३०८औं र धनकुटा नगरपालिका–७ स्थित हुलाक टोलमा ३०९औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको दाबी गरिएको छ ।
बैंकको म्याङलुङ र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS