पोखरा । पोखरा महानगरपालिका वडा नं ३१, बेगनासतालस्थित वेगनास लेक फ्रन्ट रेस्टुरेन्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले सो रेस्टुरेन्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्।
रमणीय बेगनासतालको छेउमा अवस्थित यस रेस्टुरेन्टमा बैंकका कर्मचारी, तिनका परिवार तथा ग्राहकहरूले मनोरम दृश्यको आनन्दसँगै गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सक्ने व्यवस्था मिलाइएको हो।
सम्झौतापत्रमा वेगनास लेक फ्रन्ट रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल र प्रभु बैंक लिमिटेडका तर्फबाट तालचोक शाखाका प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।
ग्राहकहरूको पहिलो रोजाइको बैंकका रूपमा चिनिँदै आएको प्रभु बैंकले हालै मात्र “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको छ। नेपालभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको प्रभु बैंक “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ अत्याधुनिक प्रविधिको प्रयोग गरी बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
यसका साथै, प्रभु बैंकले प्रविधिमा नवप्रवर्तन गर्ने प्रयासस्वरूप प्रतिष्ठित “फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड–२०२४ अवार्ड” समेत प्राप्त गर्न सफल भएको छ। बैंकको यस्ता सहकार्यले ग्राहक सेवालाई अझ सशक्त र सुविधा सम्पन्न बनाउने विश्वास गरिएको छ।
FACEBOOK COMMENTS