काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा ४६.३३ प्रतिशतले थोरै हो । गत आवको पहिलो तीन महिनामा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेको बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ ।
गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी १०.१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आवको तुलनामा सञ्चालन नाफा १६.५१ प्रतिशतले घटेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४० करोड ६० लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ५.७८ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.५५ रुपैयाँ रहेको छ ।

FACEBOOK COMMENTS