काठमाडौं ।प्रभु बैंक लिमिटेडले अब मेशिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालनमा आएसँगै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यता अन्त्य भएको बैंकले जनाएको छ ।
शुक्रवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ ।यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको बताइएको छ । मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा/राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट/भौचर प्रिन्ट हुन्छ ।
साथै, उक्त मेशिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंक लि. बाट सञ्चालनमा ल्याइएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ ।
नेपाल इलेक्ट्रोलिन्क पेमेन्ट सिस्टम (नेप्स)सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाइने बैंकले जनाएको छ । प्रभु बैंकले औपचारिक रुपमा आज देखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ ।
FACEBOOK COMMENTS