काठमाडौं – मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ । हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीवीच सम्झौता भएको हो ।
उक्त सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र क्यापिटल तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्माइम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।
FACEBOOK COMMENTS