काठमाडौं । नेकपा एमालेका सांसद बासुदेव घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
मंगलबार राति शौचालयमा लडेर घाइते भएका प्रचण्डलाई उनले संसदको शून्य समयमा शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
यस्तै, उनले नेकपा एमालेका नेत, पूर्वमन्त्री एवम् साहित्यकार प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भने, ‘पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते हुनुभएको समाचार सुन्नमा आएको छ । उहाँप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहान्छु । यसैगरी नेकपा एमालेका आदरणीय नेता पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
FACEBOOK COMMENTS