गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन् ।
ढकालले ३० हजार ४४८ मत प्राप्त गरी नेकपा एमाले र नेपाली कांग्रेसका ‘हेभि वेट’ उम्मेदवारलाई पराजित गरेका हुन् ।
ढकालका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS