काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले घटेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक ६.९४ अंकले घटेर २७५९.८४ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ४६ वटा स्क्रिप्सको २ हजार ४०७ कित्ता सेयर १७ लाख २० हजार ३८० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।