काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव १५ विन्दुले बढेको छ ।
यससँगै सूचक २७०९ दशमलव ०८ अंकमा आएको छ ।
२७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५४ कम्पनीको ७ हजार ३०७ कित्ता सेयर कारोबार भएको छ ।
कुल ८० वटा कारोबार भएको छ । यो सेसनमा २६ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन देखिएको छैन ।
FACEBOOK COMMENTS