काठमाडौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्।
सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन्।
भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल पनि सहभागी भएका थिए।
त्यस क्रममा प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएको भ्रमण दलमा सहभागी एकअधिकारीले जानकारी दिए।
भारतको पाँच दिने भ्रमणमा गएका रास्वपा सभापति लामिछाने शुक्रबार स्वदेश फर्कँदै छन्।
