काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा चुनाव एकैपटक हुने प्रस्ट्याएकी छन् ।
मतपत्र छपाइको अवलोकनको लागि बिहीबार ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र पुगेर कार्कीले यस्तो बताएकी हुन् ।
अब मतपत्रमा जनताले छाप लगाउन मात्रै बाँकी भएको उनको भनाइ छ । ‘मतपत्र हेरेपछि हामीलाई लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ,’ कार्कीले भनिन्, ‘निश्चिन्त हुनुस् अब चुनाव आयो । चुनाव एकै दिन हुन्छ । दुईपटक गरेर चुनाव हुँदैन, एकैपटक हुन्छ ।’
यसअघि प्रधानमन्त्री कार्कीले मौसमले साथ नदिए उच्च हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सकिने बताएकी थिइन् । कार्कीको अभिव्यक्तिपछि चुनावलाई लिएर अनेक संशय उत्पन्न भएका थिए ।
यसै विषयमा एमाले अध्यक्ष केपी ओलीले पनि बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग छलफल गरेका थिए । समयमा चुनाव गराएर छिट्टै सत्ता हन्तान्तरण गर्ने कार्कीको भनाइ छ ।

FACEBOOK COMMENTS