काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेकामा अस्ट्रेलियाले बधाई ज्ञापन गरेको छ ।
प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनीप्रति बधाई ज्ञापन गरेको यहाँस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
अस्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख छ ।