काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन् ।
आज दिउँसो १ बजेदेखि सुरू हुने बैठकमा पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको छ । समूहमा रहेका सदस्यहरूले आफ्नो प्रश्न लिखित रूपमा दर्ता गराइसकेका छन् । सांसदहरूले तिनै प्रश्न प्रधानमन्त्रीलाई सोध्नेछन् ।
FACEBOOK COMMENTS