काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीबीच बुधबारदेखि एकीकृत कारोबार हुने भएको छ ।
बुधबारदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुन लागेको हो । एकीकृत कारोबार हुने भएपछि दुवै कम्पनीको सेयर कारोबार समेत रोक्का भएको छ ।
दुवै कम्पनीले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९ को उपदफा २ को प्रयोजनका लागि सेयर कारोबार रोक्का गरेका छन् ।
एकिकृत कारोबार भएको १५ दिनसम्म सेयर कारोबार रोक्का हुनेछ । त्यसपछि कारोबार फुकुवा हुनेछ । यी दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् ।
FACEBOOK COMMENTS