काठमाडौं । देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्राली अन्तर्गतको नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज नारायणघाट, चितवनमा आफ्नो नयाँ ३एस शोरूम (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) औपचारिक रूपमा उद्घाटन गरेको छ ।
यो शुभारम्भले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । भव्य उद्घाटन समारोहका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष शमदन घिमिरे र उद्योगपति तथा समाजसेवी बलगोपाल चुके रहेका थिए ।
साथै, विभिन्न गण्यमान्य व्यक्तित्वहरू, प्रोटोन ईमासका प्रतिनिधिहरू र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रोटोन ई.मास ७ को प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो ।
नयाँ शोरूमले एकै स्थानमा विक्री, सेवा र वास्तविक स्पेयर पाट्र्स सहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्वसहितको अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ । यसले प्रोटोन ईमासको नेपालका ग्राहकलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काएको छ ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने– ‘नारायणघाट शोरूम हाम्रो प्रयासको परिणाम हो, जसले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकको नजिक ल्याउँछ । चितवनको तीव्र विकसित शहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास हामीले लिएका छौं ।’

नारायणघाट शाखा थपिएसँगै, प्रोटोन ईमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका वचनलाई पुरा गर्दै नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको छ । ब्रान्डले हरेक ग्राहकले विश्वस्तरीय ईभी स्वामित्वको अनुभव दिने लक्ष्यका साथ विद्युतीय यात्राको भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ ।



FACEBOOK COMMENTS