काठमाडौं । नेपाली कांग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सातदिने स्पष्टीकरण सोधेको छ ।
कार्यवाहक अध्यक्षको हैसियतमा विज्ञप्ति जारी गर्न नरोकेको भन्दै कांग्रेस अनुशासन समितिले सातदिने स्पष्टीकरण सोधेको हो ।
समितिका संयोजक तारामान गुरुङले बैठकपछि जानकारी दिँदै कार्यवाहक सभापतिकै हैसियतमा प्रेस विज्ञप्ति जारी गर्नु विधान विपरीत भएकाले सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।
यस्तो छ निर्णय :
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०७२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छ भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो।

यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुन: मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।
