काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी दिन तोकिएको समय एक महिना थप गरेको छ।
आज बसेको अनुशासन समितिको बैठकले यसअघि २०८२ चैत मसान्तसम्म उजुरी पेश गर्न दिएको समयावधि बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्याउने निर्णय गरेको अध्यक्ष तारामान गुरुङले बताए।
उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लङ्घन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्दछ ।’वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि कुनै पनि कारबाही नहुने बताए।