काठमाडाैं । दक्षिण एशियाको ६० वर्षभन्दा लामो इतिहास बोकेको अग्रणी किचनवेयर ब्रान्ड विनोद कुकवेयर ईन्डियाले नेपालमा आफ्नो उत्पादन प्रवद्र्धनका लागि सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर नियुक्त गरेको छ।
“आइरन लेडी” को नामले परिचित श्रेष्ठसँगको सहकार्यले ब्रान्डको पहिचान र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रा.लि. (आईडीपिएल नेपाल) मार्फत भाटभटेनीसँगको सहकार्यमा उपलब्ध छन्। कम्पनीले प्रभावकारी खुद्रा र वितरण सञ्जालमार्फत नेपाली बजारमा ब्रान्डको उपस्थिति सुदृढ पार्दै आएको बताइएको छ।
विनोद कुकवेयर ईन्डिया गुणस्तर, दिगोपन र स्वस्थ जीवनशैलीप्रति गहिरो प्रतिबद्धता राख्ने ब्रान्ड हो। स्यान्डविच बटम र ट्राईप्लाई प्रविधिको अग्रणीका रूपमा चिनिएको ब्रान्डले स्टेनलेस स्टिल, हार्ड एनोडाइज्ड, कास्ट आइरनदेखि प्रेशर कुकिङसम्मका भरपर्दा उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। सन्तुलित मूल्य र उच्च गुणस्तरका उत्पादनहरूले यस ब्रान्डलाई एशियादेखि मध्यपूर्व, क्यानडा, अमेरिका र युरोपसम्म लाखौं उपभोक्तामाझ लोकप्रिय बनाएको छ।
ब्रान्डको कास्ट आइरन उत्पादनहरू विशेष लोकप्रिय छन्। दुई पटक प्री–सीजन गरिएको, रासायनिक कोटिंगरहित र प्राकृतिक नन–स्टिक सतहसहितको टिकाउ संरचनाले यी उत्पादनहरूलाई नियमित भान्साका लागि भरपर्दो बनाएको छ।
पूर्णिमा श्रेष्ठले सन् २०२४ को मे महिनामा १३ दिनभित्र तीन पटक सगरमाथा चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन् ।
उनले पाँच पटक सगरमाथा र आठवटा ८,००० मिटरभन्दा अग्ला शिखरहरू सफलतापूर्वक आरोहण गरिसकेकी छिन्। उनको आत्मविश्वास, अनुशासन र दृढताले चुलो चौकाबाट माथि उठी आत्मनिर्भर बन्न सफल भएका महिलाको प्रतिनिधित्व गर्छ।
उक्त सहकार्यमार्फत विनोद कुकवेयर ईन्डियाले नेपाली उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र स्वास्थ्यवद्र्धक किचेनवेयर प्रदान गर्ने लक्ष्य लिएको छ। ग्राहकहरूले विनोद कुकवेयर खरिद गर्दा आफ्नो खर्चको तुलनामा बढी सन्तुष्टि प्राप्त गर्ने अपेक्षा गरिएको छ।
विनोद कुकवेयर ईन्डिया सन् १९६२ मा स्थापना भएको भारतको परम्परागत भान्साजन्य सामग्री उत्पादन गर्ने प्रतिष्ठित ब्रान्ड हो ।
यसले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन र प्रेशर कुकिङ प्रविधिमा आधारित उच्च प्रदर्शन गर्ने उत्पादनहरू प्रस्तुत गर्दै आएको छ।
कम्पनीका दुई ब्रान्डहरू विनोद कुकवेयर र क्राफ्ट हुन्। स्टेनलेस स्टिल कुकवेयर र टेबलवेयर उत्पादनमा केन्द्रित कम्पनीले उत्कृष्ट गुणस्तर, कार्यशीलता र स्मार्ट डिजाइनमा विशेष ध्यान दिँदै आएको छ।
विनोद कुकवेयर ईन्डियाले अत्याधुनिक प्रविधियुक्त ठूलो कारखानामार्फत उत्पादन क्षमतामा उल्लेखनीय विस्तार गरेको छ। सुरुमा एक ट्रेडिङ कम्पनीका रूपमा स्थापना भई सन् १९८४ देखि उत्पादन व्यवसायमा संलग्न कम्पनीले परम्परागत सीप र आधुनिक प्रविधिको संयोजनमार्फत उपभोक्तालाई अझ स्वास्थ्यप्रद र अर्थपूर्ण खाना पकाउने अनुभव प्रदान गर्दै आएको छ। एशिया, युरोप र मध्यपूर्वसम्म उपस्थिति विस्तार गरिसकेको यो ब्रान्डले गुणस्तर, नवप्रवर्तन र वास्तविक मूल्य प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ।
FACEBOOK COMMENTS