एजेन्सी । रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको छ बर्षको नयाँ कार्यकालका लागि निर्बाचित भएका छन् ।
प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उहाँका आलोचकहरूले आरोप लगाएका छन् ।
रूसी निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार पुटिनले ८७ प्रतिशत मत पाए भने उनका प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत पाए ।
निर्वाचन अधिकारीले चुनावमा ७४ प्रतिशत मतदाता सहभागी भएको बताएका छन् ।
आलोचकहरूले यो निर्वाचनमा खासमा कुनै भरपर्दा विपक्षी नेतालाई निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाइएको यो निवाचनमा राष्ट्रपति पुटिनले सन् २०१८ को निर्वाचनमा ल्याएकोभन्दा झण्डै १२ प्रतिशत मत बढी ल्याए ।
रूसको राजनीतिमा सशक्त विपक्षीको भूमिका खेल्दै आएका एलेक्सी नभाल्नीको निर्बाचनभन्दा करिब एक महिना जेलमा मृत्यु भएको थियो । मृत्युलाई पुटिनका आलोचक तथा विपक्षी नेताहरूले ‘रहस्य’का रूपमा हेर्दै आएका छन् । यो समय पुटिनको आलोचक मानिने प्राय नेता कित विदेशमा निर्वासित जीवन विताइरहेका छन् कि रूसी जेलमा छन् ।
निगरानी समूह ओभीडी–इन्फोका अनुसार निर्वाचनका समय विपक्षी नेताहको अभियानलाई सघाएका कम्तीमा ८० जना रूसी नेता पक्राउ परेका छन् ।
यसैबीच, रूसका पूर्वव्यवसायी तथा क्रेमलिनका आलोचक मिखाइल खोदोर्कोभ्स्कीले रूसी शासकविरुद्ध विपक्षी एकजुट रहेको पुष्टि गर्दै सोमबार पश्चिमा सरकारलाई भ्लादिमिर पुटिनको विजयलाई मान्यता नदिन आग्रह गरे ।
सेन्टर फर लिबरल मोडर्निटीथिङ्क ट्याङ्कमा आयोजित एक कार्यक्रममा उनले भने, “हामीले पश्चिमा समाजप्रति ठूलो अपेक्षा राखेका छौँ र हामी पुटिनलाई वैध नमान्न आग्रह गर्छौं ।”
FACEBOOK COMMENTS