काठमाडौं । विभिन्न प्रकरणमा मुछिएर छानविनको दायरामा रहेका रवि लामिछानेलाई गृहमन्त्रीका रूपमा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले गृहमन्त्रीको राजनीनामा माग गरेको छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो पार्टी सभापति समेत रहेका गृहमन्त्री लामिछानेको राजीनामा माग्नुको कुनै औचित्य र आधार नभएको बताएको छ ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गर्ने कुनै आधार नभएको बताएका हुन् । ‘उहाँहरूले राजीनामा माग गर्नुभएको छ त्यो उहाँहरूको कुरा भयो तर त्यसको कुनै आधार चाहिँ छैन,’ सचेतक परियारले भने । सभापतिका रूपमा रवि लामिछानेमाथि लागेका कुनै पनि आरोपहरू पुष्टि नभएकाले राजीनामा माग्नुको आधार नभएको उनको भनाइ छ ।
यद्यपि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने गृहमन्त्रीको राजनीनामा माग गर्दै केहीबेर प्रतिनिधि सभाको बैठक अवरुद्ध समेत गरेको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी, संसद् आइतबारसम्मलाई स्थगित
FACEBOOK COMMENTS