काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ ।
लामिछानेलाई पुनः म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
म्याद थपका विषयमा आज पनि अदालतमा बहस हुनेछ । बहस सकिएपछि म्याद थप गर्ने वा नगर्ने भन्ने टुंगो लाग्नेछ ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एकसाथ अनुसन्धान गरिरहेको छ ।
यसैबीच, रास्वपाले आज पनि सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गर्ने तयारी गरेको छ ।
FACEBOOK COMMENTS