काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिने भएको छ । यससँगै रास्वपा र सहकारीपीडित दुवै पक्षले छुट्टाछुट्टै प्रदर्शनको तयारी गरेका छन्
सभापति लामिछानेलाई पोखराबाट बुद्ध एअरको जहाजमार्फत रूपन्देही लैजाने तयारी छ । खराब मौसमले भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन र
बिहान पौने ८ बजेको जहाजबाट भैरहवा लैजाने भनिए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण उडान तथा अवतरण प्रभावित बनेको छ ।
लामिछानेलाई विगत २६ दिनदेखि कास्की प्रहरीले सहकारी ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ।
पोखरामा रहेको सुर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि उनलाई रूपन्देही लैजान लागिएको हो ।
FACEBOOK COMMENTS