काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको छ ।
अनुसन्धान प्रक्रिया बाँकी रहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । प्रहरीले उनीमाथि १३ दिन म्याद थप्न माग गरेको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रूपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवनसमेत लगेर बयान लिइएको थियो ।
सुरूमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारीलगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।
FACEBOOK COMMENTS