काठमाडाैँ । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि ५ दिन म्याद थप गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । पछिल्लोपटक थप गरिएको ४ दिनको म्याद सकिएपछि आज फेरि अदालत लगिएको थियो ।
अब ९० दिनसम्म हिरासतमा राखेर मुद्दा अदालतमा पेश गर्नुपर्ने भएकाले अब १० दिन मात्र बाँकि रहँदा थप ५ दिन म्याद थप गरिएको छ । यही बीचमा प्रहरीले प्रतिवेदन अदालत बुझाउने तयारीमा जुटेको छ । म्याद थप सम्वन्धी बहस न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासमा परेको थियो ।
FACEBOOK COMMENTS