काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरू भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा मुद्दा परेका लामिछानकोआज बिहानदेखि थुनछेक बहस सुरू भएको रास्वपाका एक नेताले जानकारी दिए ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख रूपैयाँ धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी मुद्दा रहेकाले उनी आफैं अदालत उपस्थित भएका हुन् । आइतबार उनको बयान लिइएको थियो । तर, थुनछेक बहस बाँकी रहेपछि उनलाई न्यायिक हिरासतमा पठाइएको थियो ।
FACEBOOK COMMENTS