काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने राजावादी मोर्चा कमजोर बनाउन लागिपरेको खुलासा भएको छ ।
लामिछानेका अत्यन्तै निकट पूर्वसहकर्मी तथा पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले यस्तो खुलासा गरेका हुन् । साथै सत्तारूढ नेपाली काङ्ग्रेस र नेकपा (एमाले) ले राजावादी मोर्चा कमजोर बनाउन लामिछानेलाई प्रयोग गरेको दाबी पनि ढकालले गरेका छन् ।
सोमबार दिउँसो सामाजिक सञ्जाल एक्समा लेख्दै ढकालले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग लामिछानेले गोप्य सहमति गरेको आरोप लगाएका छन् ।
लामिछानेविरुद्धको मुद्दा कमजोर बनाइदिने र राजावादी जमातलाई आफूतिर तानेर राजावादी मोर्चा कमजोर बनाउने सम्झौता भएको उनको भनाइ छ ।
उनले यसअघि पनि लामिछानेको राहदानी विवादमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन यस्तै सम्झौता भएको बताएका छन् ।
‘रवि दाइले भित्री रूपमा देउवा र ओलीसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने र राजातिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ,’ ढकालले लेखेका छन्, ‘पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रवीन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरी राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।’
रवि दाइले भित्रिरूपमा देउवा र ओलिसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने, र राजातिर भड्किएको जमातलाई फेरी आफूँतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ । पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि पास्पोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य…
— Dr. Mukul Dhakal (@mukuldhakal) March 10, 2025
FACEBOOK COMMENTS