काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भैरहवा पुर्याउन ढिलाइ भएको छ । भैरहवाको जहाज खराब मौसमका कारण उड्न नसकेपछि त्रिभुवन विमानस्थलमा लामो प्रतिक्षा गर्नु परेको हो ।
रास्वपा नेताहरुका अनुसार भैरहवा नभएर भरतपुर लैजान लागिएको बताएका छन् । भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्याइने बताइएको छ । लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका थिए ।
बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् । लामिछानेलाई उच्च अदालत बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो ।
FACEBOOK COMMENTS