काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको पुष्टि भएको छ ।
यस सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले सहकारीको रकम ठगीमा उनी दाेषी रहेकाे निष्कर्ष निकालेकाे हाे ।
समितिका अनुसार सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिस गर्ने समितिको तयारी छ ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणको छानबिन गरेको थियो । यससम्बन्धी प्रतिवेदन आज बुझाउने तयारी गरिएको छ ।
समितिका एक सदस्यका अनुसार सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्याउने काम गरेका थिए । तर, त्यसरी आएको रकम भने रविमार्फत खर्च भएको छ । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए ।
समितिले गोर्खा मिडियामा रविले लिएको १५ प्रतिशत शेयरलाई गैरकानुनी भनेको छ । त्यो शेयर गैरकानुनी हुँदाहुँदै रविले किन लिए भन्ने प्रश्नसमेत प्रतिवेदनमा उठाइएको छ ।
FACEBOOK COMMENTS