काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ ।
शुक्रबार समितिले प्रकाशित गरेको पूर्ण प्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् ।
उनलाई ५१ प्रश्न सोधिएको थियो । उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी बयानका क्रममा गरेका छन् ।
तर, समितिले भने सहकारीको रकम अपचलनमा उनको संलग्नता पुष्टि भएको ठहर गरेको छ । समितिको प्रतिवेदनमै यो विषय उल्लेख छ ।
हेर्नुहाेस् रवि लामिछानेकाे बयानकाे पूर्णपाठ-
FACEBOOK COMMENTS