काठमाडौँ । इजरायलले स्वीडिश वातावरणीय कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता ग्रेटा थनबर्ग र उनको जहाजलाई नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान ५ वटा इजरायली स्पीड बोटले जहाजलाई घेरा हालेर कब्जामा लिएको मिडिया रिपोर्टमा उल्लेख छ । त्यसपछि, सैनिकहरू जहाजमा चढे र यसलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।
थनबर्गले आफु सहित १२ जना वातवरणीय कार्यकर्ता बोकेर गाजातर्फ जाने क्रममा इजरायलले रोकेको हो ।
थनबर्गले एक भिडियो सन्देश जारी गर्दै आफुहरुलाई इजरायली सेनाले कब्जामा लिएको भन्दै रिहाईको पहल गर्न स्विडिस सरकारलाई आग्रह गरेकी छन् ।
यो जहाज गाजाका मानिसहरूका लागि राहत सामग्री बोकेको थियो । मेडेलिन नामको यो जहाजमा १२ जना सवार छन्। सबै सेनाको नियन्त्रणमा छन्। अब यो जहाज गाजाको सट्टा इजरायल लगिनेब बताइएको छ ।
थनबर्गले गाजाका मानिसहरूका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने सामान बोकेको बताएकी थिइन् ।
थनबर्ग आफ्नो टोलीसहित जुन १ मा इटालीको सिसिली टापुबाट निस्किएकी थिइन् । उनले गाजाका लागि हिड्नु अघि भनेकी थिइन्- यदि मानवतामा आशा बाँकी छ भने, हामीले प्यालेस्टाइनको लागि आवाज उठाउनुपर्छ । यो अभियान गाह्रो र खतरनाक हुन सक्छ, तर गाजामा के भइरहेको छ भन्ने बारेमा मौन रहनु अझ खराब छ ।’
इजरायलले मार्च २ देखि गाजामा राहत सामग्रीको प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ, जसका कारण त्यहाँका २३ लाख मानिसहरूमध्ये ९३ प्रतिशत भोकमरीको सामना गरिरहेका छन् । दर्जनौं बालबालिका भोकमरीले मरेका छन्।
यो यात्रा ‘फ्रीडम फ्लोटिला’ नामक संस्थाले सुरु गरेको थियो, जसले पहिले गाजामा सहयोग प्रदान गर्ने प्रयास गरिसकेको छ । ग्रेटा र उनको टोलीले गाजामा धेरै वर्षदेखि चलिरहेको इजरायली घेराबन्दीको विरोध गरिरहेका छन्।
सुरुमा इजरायलले यो जहाजलाई गाजामा डक गर्न अनुमति दिने विचार गरिरहेको थियो, तर पछि इजरायली सरकारले आफ्नो निर्णय परिवर्तन गर्यो र जहाजलाई रोकेको छ ।
इजरायलले एक पटक मेडलाइन जस्तो जहाजलाई गाजा आउन स्वीकृत दिदा फेरी पनि यस्ता प्रयासहरूलाई प्रोत्साहन गर्ने हुनाले आफुले अनुमति नदिने स्पष्ट गरेको छ ।
FACEBOOK COMMENTS