काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश कुमार अग्रवालले उद्योगहरूमा १६ घण्टासम्म लोडसेडिङ किन गरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
संघको २१औँ वार्षिक साधारण सभा समारोहलाई सम्बोधन गर्दै उनले विद्युत् खपतको उपाय खोजिरहेको सरकारले नै उद्योगहरूमा घण्टौँसम्म लोडसेडिङ गर्नुले आफूहरू मर्माहत भएको बताएका हुन् ।
समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरूको उत्पादन लागत बढिरहेको र नियमित विद्युतको आपूर्ति उद्योगहरूका लागि लाइफलाइन नै भए पनि पछिल्ला केही महिनादेखि उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको उनको भनाइ छ ।
‘एकातिर विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण लागिरहेको छ अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमा नै १६ घण्टासम्म लोडसेडिङ्ग गराइरहेको छ । यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौं,’ प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ स्वयम् प्रमुख अतिथि रहेको समारोहमा प्रश्न गर्दै अग्रवालले भने, ‘विद्युत् प्राधिकरणले अहिले विद्युत् आयात गर्दा महङ्गो पर्ने भनिरहेको छ । केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भए पनि विद्युत् उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा त्यसले सहयोग गर्छ । त्यसैले महङ्गो दरमा आयात गरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन माग गर्दछौं ।’
विद्यमान अर्थतन्त्र सुधार हुनु नसक्नु आन्तरिक कारण भएको उनले बताएका छन् । बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसकेको भन्दै आन्तरिक कारण नै प्रमुख भएको स्पष्ट गरे ।
नेपालको अर्थतन्त्र किन सुधार हुन सकेन ? यस्ता छन् सीएनआईले केलाएको कारणहरू
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री प्रचण्ड
FACEBOOK COMMENTS