काठमाडौं । दक्षिण भारतीय अभिनेता रजनीकान्त भारतका महंगा अभिनेतामा पर्छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार रजनीकान्तले एउटै फिल्मबाट २१० करोड भारू लिएका छन् । यतिबेला हलमा उनी अभिनीत फिल्म ‘जेलर’ प्रदर्शन भइरहेको छ ।
फिल्मले २२ दिनमा विश्वव्यापी रूपमा ६५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा ३८१ करोड भारू कमाएको छ । यसै फिल्मबाट अभिनेता रजनीकान्तले महंगो पारिश्रमिक लिएका हुन् ।
हालै फिल्मका निर्माता कलानिधि मारनले रजनीकान्तलाई फिल्मको नाफा सेयर दिएका छन् । कलानिधिले उनलाई १ सय करोड भारूको चेक दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । यसअघि फिल्मका लागि रजनीकान्तले ११० करोड भारू पारिश्रमिक दिएका थिए ।
नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्ममा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ ।
FACEBOOK COMMENTS