काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले असार ३० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न भनेका हुन् ।
कानुनविद्हरूसँग लिएको रायपछि पौडेलले यस्तो आह्वान गरेका हुन् । कानुनविद्हरूले राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए ।
FACEBOOK COMMENTS