काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाको सचिवमा रमेश पराजुलीले उमेदरवारी दिने घोषणा गरेका छन्।
उनी रुप्से होलिडेड प्रालिका सञ्चालक हुन्। उनले नेपालको पर्यटनलाइ अन्तराष्ट्रिय क्षेत्रमा पुऱ्याउने काम गरिरहेका छन्।
नेपाल भियतनाम चार्टर उडान गरेर नेपाली पर्यटन क्षेत्रमा काम गरिरहेका पराजुलीले नेपाली विदेश जाने मात्र होइन नेपालमा विदेशीलाई पनि ल्याउनुपर्छ भन्ने अभियान चलाइरहेका छन्।
पर्यटन क्षेत्रको आधुनिकिरण, डिजिटल रुपान्तरण, अन्तर्राष्ट्रिय हवाइ पहुच विस्तार, नयाँ पर्यटन बजारको विकास, युवा उद्यमशीलताका लागि आफूले सचिवमा उम्मेदवारी घोषणा गरेको पराजुलीले बताए।