काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक साहलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको बुझिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले आह्वान गरेको खुल्ला प्रतिस्पर्धाबाट साहसँगै कौशल केसी र संजीवकुमार देव उत्कृष्ट तीनमा परेका थिए ।